बिषय :- केन्द्रीय कार्यालयको भवन खरिदको जानकारी तथा सहयोग संकलन बारे ।

        उपरोक्त विषयमा नेपाल मगर संघ, केन्द्रीय कार्यालयका लागि एउटा स्थायी भवनको आवश्यकता धेरै लामो समय देखि नै सबै पक्षबाट महसुस भएको थियो । यी आवश्यकताको बावजुद पनि विभिन्न कारणले गर्दा कार्यालको लागि आफ्नै स्वमित्वमा भवनको व्यवस्था गर्न सकिएको थिएन । तर आज यस संघसँग सम्बद्ध सम्पर्ूण्ा देश-विदेशमा रहेका संघ/संस्थाहरू र मगर समुदायको आफ्नो एक मात्र साझा संगठन नेपाल मगर संघ प्रतिको आस्था, माया, भावना र सहयोगको कारणले गर्दा लामो समयको प्रयत्न पछि केन्द्रीय कार्यालयको लागि मगर संघको स्वामित्व हुने गरि काठमाडौँ महानगर पालिका-१४ कलंकीमा एउटा भवनको व्यवस्था गर्न सकिएको व्यहोरा सहर्षजानकारी गराउदछु ।

        केन्द्रीय कार्यालको भवन खरिद गर्दा आजसम्म गरिएका कार्यहरू र खरिद गरिएको भवनको अवस्था तथा आर्थिक संकलनका योजना निम्न अनुसारको छ ।

 १) भवन खरिद बारे ः-

 क) नेपाल मगर संघ, केन्द्रीय समितिको बुटवलमा मिति २०६३/ / मा भएको .....औँ बैठकको निर्ण्र्ााअनुसार संघको केन्द्रीय अध्यक्ष यमबहादुर बुढाथोकी मगरको संयोजकत्वमा २१ सदस्यीय जग्गा तथा भवन निर्माण समितिको गठन गरि अविलम्ब चाडै काम सम्पन्न हुने गरी जिम्मा दिने निर्ण्र्ााभयो ।

ख) यस समितिको विभिन्न समयमा पटक-पटकबैठक बसि अन्तमा केन्द्रीय कार्यालयको लागि सम्भव भएसम्म बनीबनाउ घर खरिद गर्ने र यसको लागि २१ सदस्यी समितिबाट कार्य सम्पादनमा सजिलो बनाउनको लागि पुन संयोजक यमबहादुर बुढाथोकी मगरको संयोजकत्वमा निम्न अनुसारको ५ सदस्यीय भवन खरिद समितिको गठन भयो ।

       १) संयोजक          श्री यमबहादुर बुढाथोकी मगर

       २) सदस्य            श्री देउबहादुर राना मगर

       ३)  "                                श्री गंगा थापा मगर

       ४)  "                               श्री देवबहादुर पुन मगर

       ५)  "                            श्री गौबहादुर आले मगर

         प्राविधिक सहयोगर् इ. विजय बुढाथोकी मगर

ग) यस समितिको २०६३ असार ३१ गते र २०६३ श्रावण ३ गते बसेको बैठकको निर्ण्र्ााअनुसार विधिवत रुपमा मिति २०६३ श्रावण ४ गते रु. ५८,५०,०००।- -अक्षरेपी - अन्ठाउन्न लाख पचास हजार मात्र) भवन खरिद गरिएको छ ।

 २) खरिद गरिएको भवनको अवस्था ः-

क) स्थान -

काठमाडौँ महानगर पालिका-१४ कलंकी, रिङरोड र पर्ूव-पश्चिमबाट आउने राजमार्ग बिचमा पर्दछ कलंकीमा सबै तिरबाट देखिने, सबैलाई पायक र राजमार्गबाट कार्यालय भवन पुग्न २ मिनेट मात्र लाग्दछ ।

ख) घर धनी -               श्री कर्ण्र्ााादुर खड्का, रामेछाप 

ग) जग्गाको क्षेत्रफल - ७ आना, कि.न. पुरानो ५६४ र हालको नयाँ ११०

 घ) घरको विवरण ·        पक्की घर तिन तलाको

भर्ुइ तला - ४ कोठा र भान्सा कोठा र वाथुरुम

पहिलो तलाः "           "          "

दोस्रो तला ः ३ कोठा र भान्सा कोठा/वाथुरुम

माथिल्लो तला ः १ कोठा -स्टोर)

घरको पर्ूव-दक्षिण क्षेत्रमा प्रसस्त जग्गा खाली -हाइटेन्सी लाईन माथी परेको) छ, अन्य जग्गाको तुलनामा सस्तो मुल्यमा पाइन सक्ने)

ङ) खरिद गरिएको घरको मुल्य ः-

रु. ५८,५०,०००।- -अक्षरेपी - अन्ठाउन्न लाख पचास हजार मात्र)

च) घर खरिदको प्रकृयाः-

घर खरिदको लागि नेपाल मगर संघको केन्द्रीय कोषमा पर्याप्त रकम नभएको हुदाँ बैना स्वरुप रु. २०,००,०००।- -अक्षरेपी-विस लाख मात्र) भुत्तानी दिएको र बाँकी रकम ३ महिना भित्रमा संघको तर्फाट भुक्तानी गरि संघको नँाउमा रजिष्टेशन गर्ने र हाल मालपोत कार्यालय, काठमाडौँमा संघको नाम उक्त समय सम्मको लागि दृष्टि वन्धकी पास गरिने काम भएको छ ।

३) भवन खरिद समितिको केन्द्रीय कार्यालयको भवन सम्बन्धी भावी योजना ः-

 प्रथम चरण

क. भवन खरीद गर्न                                      रु. ५८,५०,०००।-

ख. रजिष्ट्रेशन पास                                       रु.४,००,०००।- -अन्दाजी)

ग. भवनको सामान्य मरमत/कम्पाउण्ड                       रु. ५,००,०००।-

                                                        रु. ६७,५०,०००।-

दोश्रो चरण

क. जग्गा खरिद -भवनको अगाडी)                         रु. ४०,००,०००।-

ख. रजिष्टे्रशन पास                                  रु.   ३,००,०००।-

ग. सभाकक्षा हल                                     रु.  ७,००,०००।-

घ. फर्निचर र अन्य आवश्यक सामाग्री खरिद                रु. १०,००,०००।-

                                                 रु. ६०,००,००००।-

तेश्रो चरण

 क. संघको कार्यालय भवन उत्तर-पर्ूवको जग्गा खरिद

 -यस जग्गामा संघसँग सम्बन्धित विभिन्न कार्यको

 लागि आवश्यक भवन बनाउने छ )                      रु. ७२,००,०००।-

 ४) आर्थिक ः-

        विधान तय संघको आयस्रोत भनेको यस संघ सम्वद्ध संघ/संस्थाहरू, मगर समुदाय, संघको सदस्यहरू र अन्य संघसंस्था र व्यक्तिहरूबाट दिएको आर्थिक सहयोग दान, शुल्क आदि हुन् । हाल संघको केन्द्रीय कोषमा भवन खरिद गर्नको लागि आवश्यक रकम नभएको हुदाँ माथी उल्लेख अनुसार खरिद गरिएको भवनको रकम भुक्तानी गर्ने योजना बनेको छ ।

सहयोग गर्ने मातहातमा संस्थाहरूः-

 १) विदेश -प्रवास)

        क) मगर समाज टोकाई, जापान

        ख) मगर समाज तोकाई, जापान

        ग) मगर संघ, हङ्गकङ्ग

        घ) मगर संघ, ब्रुनाई

        ङ) यू.के. मगर संघ

        च) लाङघाली परिवार यू.एस.य.

        छ) मगर संघ, कोरिया

        ज) मगर समाज संघ, बह्रर्राईन

-ठूलो धनराशी सहयोगको अपेक्षा गरिएको छ, यथासक्दो चाडै रकम पठाउन हुन अनुरोध छ)

 २) स्वदेश

क) काठमाडौँ उपत्यका ः

उपत्यका भित्रका संघसँग सम्बद्ध सबै सस्थाहरू

ख) मातहतमा सबै जिल्ला समितिहरू

भाद्र महिनाको दोस्रो हप्ता भित्र आ-आफ्नो जिल्लामा आर्थिक संकलन गरी    केन्द्रीय कार्यालयमा पर्ठाई सहयोग गर्नु हुन ।

 ग) भातृ संगठन ः

  नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति   

        यस पवित्र महानकार्यलाई सफल बनाउन हामी सम्पर्ूण्ा मगर समुदाय, मगर संघसंस्थाहरूको मुख्य दायित्व हो एक जुट भई एक मन एकताका साथ तन, मन, धन दिई यस अभियान जुटाउन यस संघ आग्रह गर्दछ । आ-आफ्नो क्षमता र इच्छा अनुसार सम्बन्धित संस्थामा आर्थिक संकलन गरि यहि भाद्र द्रोस्रो हप्ता भित्र केन्द्रीय कार्यालयमा ल्याई सहयोग गर्न हुन अनुरोध गर्दछु ।

 यमबहादुर बुढाथोकी मगर                                                                        अध्यक्ष

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Copyright © 2006 Nepal Magar Association 

Web Master : Puran Bahadur Thapa (Magar) and Jitender Rana

Co-ordinate By: Sajog Laaphaa Magar and Radha Pun